क्यान्सरबाट ग्रस्त चार वर्षका बालकले कोरोनाविरुद्धको लडाँइ जितेका छन् । न्युरोब्लास्टोमा नामक दुर्लभ क्यान्सरको उपचारकै क्रममा अर्ची विल्क्स नामका यी बेलायती बालक कोभिड–१९ बाट संक्रमित भएका थिए । त्यसअघि आमा हेरियट र बाबु सिमोनले आफ्नो बच्चालाई कोरोनाको सम्भावित संक्र’मणबाट जोगाउन सक्दो प्रयास गरेका थिए ।
महामारी फैलिएपछि यो परिवारले आर्चीका जुम्ल्याहा दाजु हेनरीलाई समेत स्कुलबाट निकालेको थियो । सतर्कताका लागि यो परिवार इसेक्स, सफ्रोन वाल्डेनस्थित घरमा दुई साताभन्दा लामो समय बसेको पनि थियो ।
‘हाम्रो घरमा नर्समात्रै आउथिंन् । तर सबै प्रयासका बाबजुद आर्चीमा संक्र’मण स¥यो,’ बाबु सिमोनले भने ।
एड्डिनब्रोकस्थित अस्पतालमा किमोथेरापी र इम्युनोथेरापी उपचारगराइरहेका बेला उनमा ज्व’रो देखिएको थियो । लक्षण देखिएपछि उनलाई तत्कालै कोरोनाभाइरस कक्षमा लगिएको थियो, जहाँ सं’क्रमण पत्ता लाग्यो ।
टोट्टेनह्याम हटर्सपर्स फुटबल क्लबका फ्यान आर्चीमा फ्लुजस्तै लक्षण देखिएको उनका बाबु सिमोनले बताए ।
‘कोरो’ना भा’इरस कक्षमा लैजानुपर्दा हामी निकै आत्तिएका थियौं । यस्ता बालकले कसरी कोरोनासँग जुध्नसक्छन् भन्ने हामीलाई थाहा थिएन,’ सिमोनले भने । उनी आर्चीसँगै अस्पतालको कोठामा ६ दिन बसेका थिए । उनले उपचार सफल बनाइदिने चिकित्सकहरुलाई धन्यवाद् दिएका छन् ।
आर्ची सुरक्षित अवस्थामा रहेको जानकारी चिकित्सकहरुले दिएपछि १ अप्रिलमा यो परिवार एकजुट भएको थियो । त्यसयता, आइशोलेसनमा बसेका आर्ची थप केही दिन थ’कित थिए र उनलाई अक्सिजन आवश्यक थियो । तर आर्चीलाई अब खोकी देखिएको छैन र अक्सिजनको जरुरी पनि छैन । उनी भाइरसको ‘अर्को पक्ष’ बाट टाढा भइसकेका छन् ।’
३१ वर्षका सिमोन र ३० वर्षकी उनकी श्रीमती हेरियटले अहिले जुम्ल्याहा छोराहरुको रेखदेख गरिरहेका छन् ।
अहिले यी बालकलाई क्यान्सरमुक्त बनाउन अन्य व्यक्तिले पनि सहयोगको हात अघि बढाएका छन् । अमेरिकामा हुने यो भ्याक्सिन परीक्षणले एकपटक क्या’न्सर कम भइसकेपछि फेरि फर्कने संभावना घटाउनसक्छ । यी बालकका लागि अहिलेसम्म १ लाख ८० हजार पाउन्ड सहयोग संकलन भइसकेको छ ।