
३० चैत काठमाडौं :
प्रधानन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ८ बजे एकै पटक सबै मिलेर राष्ट्रिय गान गाउन देशवासीलाई अनुरोध गरेका छन्।
नेपालीहरुले भोली (सोमबार) नयाँ बर्ष मनाउँदैछन्।
"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020
लकडाउनका कारण घरमै सिमित भएको दैनिकीका बीच प्रधानमन्त्री ओलीले राष्ट्रिय गान गाउन देशवासीलाई आग्रह गरेका हुन। प्रधानमन्त्री ओलीले घरकै बसेर कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
नेपाली जनतालाई कोरोना संक्रमण हुन नदिन र दैनीक जीवन सहज बनाउन अग्रमोर्चामा खटिएकाहरूको हौसला बढाउन नयाँ वर्ष वैशाख १ गते अर्थात भोली सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाएर ऐक्यबद्धता जनाउने कार्यक्रम तय गरिएको छ । सोमबार बिहान ८ बजे आ आफ्नो घरको कौसी, झ्याल वा छतमा उभिएर राष्ट्रिय गान गाउन, बजाउन र अन्तमा एकैसाथ ताली पिट्न अनुरोध गरिएको छ ।
सो समय एफएमहरूबाट समेत राष्ट्रय गान प्रसारण हुने जनाइएको छ ।