३० चैत काठमाडौं :
वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएका भारतीयहरूमाथि नेपाली सेनाले निगरानी गरिरहेको छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले विपद्का बेला नेपाली सेना परिचालन हुन सक्ने व्यवस्थाअनुसार सिद्धार्थ माविमा सेनालाई पठाइएको बताए।
‘अहिले त्यहाँ सेनाले पनि निगरानी गरिरहेको छ,’ उनले भने।
पर्सा प्रशासनले शुक्रबार र शनिबार छपकैया र घुसुकपुरका मस्जिदमा बसेका भारतीयहरूलाई क्वारेन्टाइनमा पठाएको थियो।
यसअघि छपकैयाको मस्जिदमा बसेका २४ जनामा कोरोना छ कि छैन भनेर स्वाब परीक्षण गरिएको थियो।
वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ आएपछि पुन जाँचका लागी राष्ट्रिय प्रयोगशालामा पठाइएको रिर्पोट फेरी पोजेटिभ आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको हो । विगत १३ दिनदेखि वीरगञ्जको जामे मस्जिदमा बस्दै आएका उनीहरु भारतबाट आएका मुस्लिक धर्म प्रचारकहरु भएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।