
३० चैत । काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले उपलब्ध गराएको दुई करोड रुपैयाँ सहयोग कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका कोषमा जम्मा गरिएको छ ।
पूर्वराजा शाहले केही दिनअघि विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको लडाईंका लागि हिमानी कोषमार्फत दुई करोड सहयोग गर्ने घोषणा गरेका थिए ।
प्रधानमन्त्री कोरोना रोकथाम, राहत तथा उपचार कोषमा पूर्व घोषित सहायता रकम हिमानी कोष मार्फत् आज हस्तान्तरण गरिएको छ। हिमानी कोषका कर्मचारीहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । pic.twitter.com/sx5NRmj5fY
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 12, 2020
हिमानी कोषले ज्ञानेन्द्रले उपलब्ध गराएको दुई करोड रुपैयाँ सरकारले स्थापना गरेको कोषलाई आइतबार हस्तान्तरण गरेको हो । हिमानी कोषका कर्मचारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
कोषले जारी गरेको विज्ञप्तिमा उक्त रकमको सही सदुपयोग होओस् भन्ने चाहना पूर्वराजा शाह र कोषको रहेको उल्लेख छ । कोषणले राहत तथा सहयोग जारी राखिने पनि बताएको छ ।