
३० चैत । काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरिय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको आँकडा अनुसार वेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको वताएको छ ।
स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, मलेसिया र खाडी मुलुकमा गरी हालसम्म कम्तिमा ६ सय ६१ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
बेलायतमा सबैभन्दा बढी ८ नेपालीको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा चितवनका ४० वर्षीय प्रशान्त अर्याल, पर्वतका ५९ वर्षीय चेतप्रसाद गुरुङ, सोलुखुम्बुका ५८ वर्षीय शिव श्रेष्ठ, पर्वतका ५६ वर्षीय भूतपूर्व गोर्खा सैनिक मेखबहादुर गुरुङ र ६६ वर्षीय लिलाबहादुर राई को मृत्यु भएको हो । पारिवारीक भेटघाटका लागि बेलायत आएका अर्का ७५ कर्ण बहादुर क्षेत्रीको गत बुधवार मुत्यु भएको छ । यस्तै एम बहादुर मल्लको ८६ वर्षको उमेरमा शनिवार बिहान ज्यान गएको छ ।
त्यस्तै, कोरोना संक्रमणका कारण अमेरिकामा ५ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर घर भएका ५० वर्षीय अनिल लिम्बु, सोलुखुम्बुका ४३ वर्षीय ङिमा तेम्बा शर्पा र मुस्ताङका ४८ वर्षीय थोंग्वेन विष्ट रहेका छन् । ४० वर्षीय सोनाम लामाको कोरोनाका कारण मृत्यु भए–नभएको पुष्टी भएको छैन ।
उनलाई उपचारपछि अस्पतालले घरमै बसेर आराम गर्न भनेकाले कोरोना पुष्टी नभएको हो । कोरोनाका कारण मृत्यु भएको भनिएका अर्का नेपाली अजयमान छोचुको भने हृदयघातका कारण मृत्यु भएको हो । उनी उपचाररत अस्पतालले अजयमानको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ रहेको जनाकारी दिएको छ ।
कोरोना संक्रमणबाट संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । रुपन्देहीको देवदह खैरेनीकी ४० वर्षीया बिनु पराजुलीको संक्रमणका कारण मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जानकारी दियो ।
सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६ सय ६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।
यी हुन् नेपालमा कोरोना संक्रमित १२ जना ? सबैको विस्तृत जानकारी
विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उनले जानकारी दिए ।
अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक÷एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।