यी हुन् नेपालमा कोरोना संक्रमित १२ जना ? सबैको विस्तृत जानकारी

काठमाडौँ , चैत ३० । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भए लगत्तै वीरगञ्जलाई सिलबन्दी गर्ने तयारी गरेको छ । वीरगञ्जस्थित छपकैया जामे मस्जिदबाट स्थानीय प्रशासनले नियन्त्रणमा लिई नारायणी उप क्षेत्रीय अस्पतालमा रहेका ३ जना भारतिय नागरिकमा कोरोना देखिए लगत्तै स्थानीय प्रशासनले अहिले सिलबन्दी गरिरहेको छ ।
संक्रमित भारतीय नागरिकको अहिले नारायणी अस्पतालको आइसोलेसनमा उपचार सुरु गरिएका कारण नारायणी अस्पतालको ओपिडी सेवा समेत बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएकोमा ३ जनामा …