
३० चैत काठमाडौं :
नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ।
पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु कोरोना संक्रमण फैलिएको दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएर नेपाल आएको बताइएको छ।
गत शुक्रबार साँझ छपकैयाको मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम जमातीमा कोरोना संक्रमणको पुष्टी भएको हो। उनीहरुको स्वाब परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा पठाइएकोमा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणको लागि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो जहाँ उनीहरुको कोरोना रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमण पुष्टी भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए। उनीहरु १३ दिनदेखि वीरगञ्जको जामे मस्जिदमा बस्दै आएका थिए।
त्यस्तै शनिबार साँझ पनि वीरगन्जका मस्जिदमा लुकेर बसेका १९ भारती मुस्लिम जमातीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
ती मध्ये भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती , वीरगन्जका ३ जना मौलाना (मुस्लिम धर्म गुरु) र भारतबाट पाहुना आइ बसेका ४ जना रहेका थिए।
उनीहरुलाई वीरगन्जको छपकैया र घुसुकपुरमा रहेका २ वटा मस्जिदबाट शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको श्रीपुरस्थित सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइन राखिएको छ।