
३० चैत । काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ७ सय ४३ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार ९ सय ८ जना नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो ।
त्यस्तै एकैदिन ६ हजार ९५ जनाले ज्यान गुमाएका छन् । उनीहरुसँग अब कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ७ सय ७९ पुगेको छ ।
संक्रमितमध्ये ४ लाख २ हजार ६ सय ५९ जना उपचारपछि निको भएर फर्किएका छन् । अहिले निको भएर फर्कनेहरुपनि संक्रमित हुने क्रम बढ्न थालेको चिकित्सकहरुले बताएका छन् ।
अहिले १२ लाख ६८ हजार ३ सय ५ जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५० हजार ५ सय ८४ जनाको अवस्था गम्भीर छ ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा बढी फैलिएको छ । अमेरिकामा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित छन् भने ज्यान गुमाउनेको संख्या पनि अमेरिकैमा बढी पुगेको छ ।
आइतबार बिहानसम्म अमेरिकामा ५ लाख ३२ हजार ८ सय ७९ जनामा संक्रमण भएको छ । २४ घण्टामा मत्रै ३० हजार ४ सय ५३ नयाँ संक्रमित फेला परेका छन् । कोरोना संक्रमितमध्ये २० हजार ५ सय ७७ जनाको मृत्यु भएको छ । एकै दिन अमेरिकामा १ हजार ८ सय ३० जनाले ज्यान गुमाएका छन् ।
इटालीमा एकैदिन ६ सय १९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या हजार १९ हजार ४ सय ६८ पुगेको हो । इटालीमा एकैदिन ४ हजार ६ सय ९४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५२ हजार २ सय ७१ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ३२ हजार ५ सय ३४ जना उपचारपछि निको भएका छन् । ३ हजार ३ सय ८१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख २ सय ६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा ५ सय २५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६ पुगेको छ । स्पेनमा एकैदिन ४ हजार ७ सय ५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६३ हजार २७ पुगेको छ ।
स्पेनमा संक्रमितमध्ये ५९ हजार १ सय ९ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८७ हजार ३ सय १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा ९ सय १७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ७८ हजार ९ सय ९१ पुगको छ । जसमा एकै दिन ५ हजार २ सय ३३ जना संक्रमित भएको जनाइएको छ ।
बेलायतमा संक्रमितमध्ये ३ सय ४४ जना उपचारपछि निको भएका छन् । १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ६८ हजार ७ सय ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४ सय ४६ पुगेको छ ।
भारतमा संक्रमितमध्ये ९ सय ६९ जना उपचारपछि निको भएका छन् । ७ हजार १ सय ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।