
३० चैत काठमाडौं :
छिमेकी देश भारतसँग सीमा जोडिएको पर्साको नारायणी अस्पतालमा कोरोना भाइरसको शंका गरी आइसोलेशन वार्डमा राखिएमध्ये तीनजना बिरामीमा कोरोना भएको पुष्टी भएको हो ।
शुक्रबारबाट नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको ३ जना भारतीय नागरिकलाइ कोरोना संक्रमण पोजेटिभको आशंकामा हेटौडामा स्वाब परीक्षणको लागि ल्याइएको थियो । हेटौडामा परीक्षण गर्दा कोरोना भए नभएको एकीन रिपोर्ट आउन नसकेपछि पुन परीक्षणको लागि काठमान्डौको केन्द्रिय ल्यावमा पठाइएकोमा त्यहाँ पुन परीक्षण गर्दा ३ नै जनालाइ कोरोना भएको पुष्टी भएको हो ।
यधपी यसको आधिकारीक पुष्टी भने नेपाल सरकारले गरेको छैन । ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।आज स्वास्थ्य मन्त्रालयले गर्ने प्रेस ब्रिफ्रीङ्गमा आधिकारीक रुपमा आउने तयारी गरेको एकजना अधिकारीले वताएका छन् ।
बाग्मती प्रदेश सरकारले हेटौडाको कीट जन्य रोग अनुसन्धान केन्द्रको कोरोना परीक्षण केन्द्रमा परीक्षण गर्दा रिपोट संकास्पद देखिएपछि काठमान्डौको केन्द्रिय प्रयोगशाला टेकुमा पुन परीक्षण गर्दा ३ जनाको नै कोरोना पोजेटिभ रिपोट प्राप्त भएको पाइएको हो । हेटौडाको परीक्षणकेन्द्रमा ३ पटक परीक्षण गर्दा पनि रिपोर्ट संकास्पद देखिएपछि ३ जनाको पुन परीक्षणको लागि काठमान्डौ पठाईएको कीटजन्यरोग अनुसन्धान केन्द्र वाग्मती प्रयोगशालाका निमित्त प्रमुख नारायण कार्कीले वताउनु भयो ।
उनीहरुलाई शुक्रबार पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा लुकेर वसेको अवस्थमा नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललिकुमार बस्नेतले बताए । ’बढी शंकाजनक ठानिएका तीनै जना भारतबाट नेपाल आएर मस्जिदमा लुकेर बसेका भारतीय नागरिक भएको खुलेको छ । तीनैजना भारतीय नागरिक मुस्लीम समुदायको रहेको वताइएको छ ।
ती बिरामीको हाउभाउ पहिलेका बिरामीभन्दा अलि फरक रहेको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाइ छ । स्वास्थ्यकर्मीलाई थुक्ने, यार्डमा पनि जतापायो उतै थुक्ने तँलाई रोग सारिदिऊँ भने जस्ता हर्कत पनि उनीहरुले गर्ने गरेको त्यहाँका स्वास्थ्यकर्मीहरूको भनाइ छ । तर मेसु डा. उपाध्याय र पर्साका कोभिड १९ कमाण्ड पोष्टका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी बस्नेत भने यो विषयमा त्यस्तो नभएको बताउँएका छन् ।
लुकेर बसेका थिए,धर्मगुरु
स्थानीयहरुका अनुसार ती तीनजना मुस्लीम धर्म गुरुहरु हिँडेर वीरगन्ज आएका थिए । उनीहरु बाराको खुला नाका भएर वीरगन्ज आएको बताइएको छ । उनीहरु छपकैंयामा रहेरको मस्जिदमा लुृकेर बसेको र ज्वरो आएपछि आफै नारायणी अस्पतालको आइसोसेनमा गएको बताइएको छ ।