
२० चैत । इटहरी :
सुनसरीको इटहरी २ बुढासुब्बा टोल बस्ने २६ बर्षिय विशाल चौधरीले आत्महत्या गरेका छन ।
विशालले आफ्नै टिनको छानो भएको घरको काठको बलोमा झुलको पासो लगाई आत्महत्या गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
बुधबार राती करीब ८ जे विशालले आत्महत्या गरेको र प्रहरीले सम्पूर्ण अनुसन्धानको गरि शबको पोष्टमार्टमको लागि अस्पताल पढाईएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
सुनसरीमा मात्र पछिल्लो केहि दिन यता दैनिक आत्महत्या भईरहेको छ ।
१७ गते राती ७० बर्षिय लोकेश्वरी दाहालले आफ्नै घरमा झुण्डिएर आत्हत्या गरेको थिईन । भने १६ गते दुहबीकी १६ बर्षिय रेश्मा खातुनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको थिईन ।
यता सुनसरी प्रहरीले भने हत्याको कारण पत्ता नलागेको जनाएको छ ।