
कोरोना भाइरस अर्थात् कोभिड-१९ लागेर निको भएकी भगवती रानाभाटले कोरोनाको संक्रमणबाट बच्नको लागि सबैभन्दा ठूलो कुरो सावधानी अपनाउनु पर्ने बतएकी छन् ।
कोरोनाको संक्रमित रानाभाट गत शुक्रबार लण्डनस्थित नर्थविक पार्क अस्पतालमा भर्ना भएकी थिइन् । मंगलबार डिस्चार्ज भएकी रानाभाटले न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा लाइभ आएर उक्त सुझाव दिएकी हुन् ।
उनले नेपाली देशबासीलाई सरकारले गरेको लकडाउन र क्वारेन्टाइनकाे पूर्ण पालना गर्नु भनेर अनुरोध गरिन् । सावधानीको सबैभन्दा महत्वपूर्ण कुरा भनेको हात धुनु भएको पनि उनले बताइन् । उनले भनिन्, ‘ सावधानीकाे पहिलो नम्बर हात धुनु नै हो, देख्दा/सुन्दा यो सानो जस्तो लागे पनि एकदमै महत्वपूर्ण छ ।’
हातले मुख, आँखा, नाकलाई नछुन पनि उनले आग्रह गरिन् । ‘हातले मुख, आँखा, नाकलाई नछुने, बेलायतमा के भन्छ भने हातले मुख, आँखा, नाकलाई छोयो भने त्यहाँबाट छिटो भाइरस जान्छ,’ उनले भनिन् ।
भिडभाड नजान, परिवारमा कसैलाई ज्योरो आउँदा, रूघाखाेकी लाग्न नआतिन, खानपानमा ध्यान दिन पनि उनले आग्रह गरिन् ।
उनले काेराेना संक्रमण भएकाे व्यक्तिकाे परिचय गाेप्य राख्न नहुने समेत बताइन् । ‘कोरोना संक्रमण भएकाे व्यक्तिकाे परिचय गोप्न राख्नुपर्छ भन्नेमा म विरोध गर्छु, काेराेना संक्रमण भएकाेकाे परिचय गाेप्य राख्याे भने त अफूलाई त लान्छ-लान्छ, अरुलाई पनि भयवह पारेर जान्छ,’ उनले भनिन्, ‘गोप्य राख्यौँ भने त मानवता नै रहेन नि, परिचय खुलायाैँ भने त अरूले पनि सवधानी अपनाउछन् ।’
उनले आफूले अझै एन्टीबाइटीक औषधिहरु खाइरहेकाे र खान बाँकी रहेकाे पनि बताइन् । उनले आफ्नाे परिवारलाई केहि पनि नभएकाे समेत जानकारी दिइन् । ‘अहिले मेराे छोरी र श्रीमानलाई केहि पनि भएको छैन, उनीहरूलाई १३ दिन र मलाई एक हप्ता सेल्फ आइसुलेसनमा बस्न सुझाव दिइएकाे छ,’ उनले भनिन् ।
काराेनाकाे संक्रमण हुँदा आफूलाई ज्वाराे मात्रै आएकाे पनि उनलि बताइन् । ‘मार्च ९ तारिकबाट अत्यधिक ज्योरो आयो, रुघाखाेकी केहि पनि थिएन, भोपल्ट नजिकको क्लिनिकमा गएर जचाउँदा घरमै सेल्फ आइसुलेसनमा बस्नुहोस् भनेर प्यारासिटामोल दिएर पठायाे, उनले भनिन्, ‘ ९ दिनसम्म बसे सन्चो नै भएन, तापक्रम घट्दै घटेन, त्यसपछि अस्पताल गएँ ।’
गत शुक्रबार नै अस्पतालले उनलाई कोरोना पोजिटिभ रहेको जानकारी गराएपछि श्रीमान् र छोराछोरी घरभित्रै सेल्फ आइसोलेसनमा छन् । भगवती घर फर्किएपछि घरको भुइँतलामा बसेकी छन् भने श्रीमान् र छोराछोरी माथ्लो तलामा छन् ।