
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले रातदिन खट्ने प्रहरी र सशस्त्र प्रहरीको अवस्थालाई पनि ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।
बिहीबार समाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले रातदिन खट्ने प्रहरी र सशस्त्र प्रहरीको अवस्था निकै नाजुक र जोखिमपूर्ण भएको भन्दै उनीहरको अवस्थालाई पनि ध्यान दिनुपर्ने सुझाव दिनुभएको हो ।
उहाँले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सुझाव दिँदै ‘कोरोनाविरूद्ध न्यूनतम सुरक्षाबन्दोबस्तीको अभाव र खानपीन तथा सेवासमयको अनिश्चितताबीच प्रहरी र सशस्त्र प्रहरी कहिलेसम्म खट्लान् ?’ भनेर प्रश्न गर्नुभएको छ ।
सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भनेर मंगलबार बिहान ६ बजेदेखि चैत १८सम्मका लागि मुलुकभर लकडाउन गरेको छ ।
उक्त लकडाउकाे पूर्ण रूपमा पालना गराउनकाे लागि देशैभर प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।
विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड- १९) विरुद्ध सचेतना फैलउने पहल भन्दै उहाँले अहिले ट्वीटरमा नाम नियमित हात धोऔँ राख्नुभएको छ ।