
कोरोना भाइरस (कोभिड–१९) को आशंकामा परीक्षणका लागि दोलखाबाट काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएका पाँचै जना बिरामीमा सङ्क्रमण नभएको पुष्टि भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा स्वास्थ्य परीक्षणका लागि आएका बिरामीमध्ये कोरोनाको आशङ्कामा पाँच जनाको स्वाब परीक्षणका लागि टेकु पठाइएकामा पाँचै जनाको रिर्पोट नेगेटिभ देखिएको दोलखाका जनस्वास्थ्य अधिकृत विभु झाले बताए ।
स्थानीय तहमा एम्बुलेन्स तयारी
कारोना भाइरस रोकथामका लागि जिल्लाका स्थानीय तहले विभिन्न ठाउँमा ५९ श्ययाको आइसोलेसन निर्माण गरेका छन् । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले ५९ श्ययाको आइसोलेशन र २१० क्वारेन्टाइन निर्माण गरिएकोे बताए ।
जिल्लामा हाल स्वाथ्यकर्मीले सुरक्षाका लागि लगाउने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) ४८ थान, थर्मलगन २० थान रहेको र २७ एम्बुलेन्स तयारी अवस्थामा रहेको उनले बताए ।