
नवलपरासी, १४ चैत– कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारद्वारा घोषित लकडाउन तोडेर मोटरसाइकलमा यात्रा गर्दा पूर्वी नवलपरासीमा एक यृुवकको मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका–७, चोरमारमा शुक्रबार बिहान तीन जना सवार बिहान ना४३प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गम्भीर घाइते महतोको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ४२ वर्षीय यमबहादु पौडेल र मृतकसँगै पछाडि सवार ३० वर्षीय बुद्धिराम महतो घाइते भएका छन्