बाग्लुङ्ग । बिहिबार राती आकाशमा धूवाँको मुस्लो सहित अनौठो आवाज सुनिएको छ ।
अन्दाजी राती ८ बजेर ९ मिनेट जाँदा म्याग्दीको सदरमुकाम बेनी, बाग्लुङ्गको जैमनी नगरपालिका, गुल्मि जिल्लाका विभिन्न स्थान बुटबल र तनहुँको आकाशमा करिव २ सेकेन्ड जती निलो आकारको धूँवा देखिएको भन्दै सामाजिक सञ्जालमा तस्विरहरु भाइरल भैरहेका छन् । केही मिनेटपछि चर्को आवाज आएको जलजला गाउँपालिका–८ नांगीबाङका यूवा रमेश रेग्मी क्षेत्रीले बताए ।
‘अनौठो धुँवा देखियो,‘केही समय लगत्तै चर्को आवाज आयो’ रेग्मीले भने । उनले आकाशमा देखिएको धुँवा र आवाज पोखरामा समेत देखिएको जानकारी पाएको बताए। त्यस्तै जलजला गाउँपालिका धाईरिङकै राजु आचार्यले समेत धुँवा र आवाज सुनिएको बताए । सामाजिक सञ्जालमा आकाशमा उज्यालो हुने गरी देखिएको धुुँवा र आवाजका बारेमा धेरैले लेखेका छन् । पूर्वबाट उत्तरतर्फ गइरहेको थियो । अनौठो बस्तुका बारेमा आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन् ।
गुल्मीका एक स्थानियका अनुसार अर्घाखाँचीतर्फ ज्वाला जस्तो बस्तु आवाज निकाल्दै गएको बताइएको छ । अहिले सामाजिक सञ्जालभरी आकाशमा अचम्मको बस्तु देखिएको भन्दै तस्बिर शेयर गरिएको छ ।