
इस्लामावाद । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ। अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ।
संक्रमितको संख्या बढ्दै जाँदा समेत प्रधानमन्त्री इमरान खानले पुरै देशलाई लकडाउन गर्न अस्वीकार गरेका छन्। इमरानले बुधबार एक भिडियो सन्देश मार्फत पाकिस्तानले ‘लकडाउन’ जस्तो निर्मम कदम उठाउन नसक्ने बताए। लकडाउनले मुलुकको अर्थव्यवस्था तहसनहस पार्ने उनको भनाई छ।
प्रधानमन्त्री खानले लकडाउन गर्ने/नगर्नेबारे सांसद तथा विज्ञहरसँग समेत छलफल गरेका थिए। प्रधानमन्त्री खानले भनेका छन् ‘लकडाउनु गर्नु भनेको ज्यादती हो। यो भनेको एक प्रकारको कर्फ्यू नै हो।
मानिलिनुस यदि हामीले यसो गरिनै हाल्यो भने त्यसले देश बर्बाद बन्नेछ। हाम्रो अर्थव्यवस्था तहसनहस हुनेछ। एकैदिनमा अत्यावश्यक सामानको अभाव देखिन थाल्ने छ।’
पाकिस्तान जस्तो अल्पविकसित देशको सामू लकडाउनको गर्ने विकल्प नरहेको उनी बताउछन्।
Pakistan cannot afford to have a total lockdown: Imran Khan on coronavirus
Pakistan cannot afford to have a total lockdown: Imran Khan on coronavirus #ThePrintUncut
Gepostet von ThePrint am Sonntag, 22. März 2020