सिरहा । सिरहाको औरही गाउँपालीका ५ बाट एकजनालाई कोरोना भाइरस (कोभिड १९) आशंकमा काठमाडौंको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु लगिएको छ ।
वडाअध्यक्ष दिलिप यादवकाअनुसार कतारबाट हालै घर आएका उनलाई अत्यधिक जरो आएपछि कोरोना संक्रमण आशंकामा जनकपुर लगेकोथियो जनकपुर प्रादेशिक अस्पतालमा सम्भब नहुदा काठमाडौं पठाइएकाको जिल्ला स्वास्थ कार्यलय सिरहाले जनाएको छ।
कतारबाट गत ७ गते घर आएका उनी परिवारसँगै बस्दै आएका थिए । जिल्ला स्वास्थ कार्यलय सिरहाका अनुरसार उनलाई आशंका देखिएकोले काठमाडौं पठाएको छ ।
वडा अध्यक्ष यादवले उनी आएपछि गाउँ मै बसेको र उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी उनीहरुलाई सुरक्षीत तरीकाले राख्ने प्रबन्ध मिलाउन उनकै घरतर्फ गइरहेको जनाए ।
उनलेभने, ‘म सुरक्षा निकायसँगै उनकै घरतिर जाँदै छु, उनीहरुलाई आ–आफ्नै घरमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउँछौं ।’
वैदेशिक रोजगारीबाट आएका र कामगर्न वा घुम्न भारत गएकाहरु पनि यो विचमा धेरै प्रवेश गरेकाले सिरहा लगायत तराईमा जोखिम देदिएको बताइन्छ ।
जनकपुरमाभर्नागर्न नमानेपछि काठमाडौंको टेकुमा लगिएको बताइएको हो ।