
प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउनका बेला घरमै बस्न जनतालाई आग्रह गरेका छन्।
आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनतालाई पनि घरमै बसिदिन आग्रह गरेका हुन्।
बुधबार फोटोसहित ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लकडाउनका बेला पनि सुरक्षित रहन आग्रह गरेका हुन्।
‘हामी सबै अहिले लकडाउनमा छौं,’ उनले भने, ‘अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस्।’ सरकारले चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको छ।
We all are under lockdown
Be Safe – Stay at Home
Till the next announcement !#COVID_19Nepal #बन्दबन्दीमा_नेपाल pic.twitter.com/08K3ETocwG— K P Sharma Oli (@kpsharmaoli) March 25, 2020