
काठमाडौं । बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार दिइएको जानकारी अनुसार उनकी पत्नी क्यामिल्लालाई भने कोरोना भाइरसको संक्रमण पोजेटिभ नपाइएको बताइएको छ ।
७१ वर्षीय राजकुमार चार्ल्स अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । वेल्सका राजकुमारलाई कोरोना भाइरसको सामान्य संक्रमण मात्र देखिएको बताइएको छ ।