
काठमाडाैं । सरकारले घरमा सामान सकिए घरघरमा आएर समान उपलब्ध गर्ने तयारी गरिरहेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ भइरहेको अवस्थामा यस्तो तयारी गरेको हो ।
यदि घरमा दैनिक उपभोग्य सामान सकिएमा सरकारले मन्त्रालयको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।
कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गरेर सामान माग गर्न सकिन्छ । फोन गरेको तत्कालै अत्यावश्यक वस्तुसहितको सरकारी टोली त्यहाँ पुग्छ । त्यसको लागि सरकारले तयारी गरिरहेको छ ।
सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु र्पुयाउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको छ । काठमाडौँमा १५, ललितपुर र भक्तापुरमा सात/सात मिनीट्रक तयारी अवस्था छन् ।
ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु पुर्याउन मन्त्रालयले तयारी गरिरहेको हो ।