
दमौली, कोरोना भाइरस (कोभिड —१९)को त्रासका सरकारले लक डाउन भएपनि तनहुँमा भने अत्यावश्यक सामानका लागि बिहान र बेलुका पसल खोल्ने निर्णय गरिएको छ। आज जिल्ला प्रशासन कार्यालय तनहुँमा भएको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए अनुसार बिहान ६ देखि १० बजे तथा बेलुका ४ —७ बजे सम्म अत्यावश्य पसलहरु खोल्ने निर्णय गरिएको हो । सर्वपक्षीय बैठकका सहभागीहरुको सुझावलाई मध्यनजर गर्दै यस किसिमको निर्णय गरिएको समेत प्रजिअ अधिकारीले बताए ।
सर्वपक्षीय यो निर्णय सगै तनहुँमा लक डाउनमा खुकुलो हुने अनुमान गरिएको छ ।त्यस्तै तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले लक डाउन उल्ङघन गर्नेलाई प्रहरी नियन्त्रणमा लिने बताएका छन् ।प्रहरी प्रमुख सिलवालका अनुसार पहिलो दिन दुई दर्जन भन्दा बढी सवारी साधानलाई नियन्त्रणमा परेका छन् । लक डाउनका विषयमा पहिलो दिन प्रहरी केही लचिलो देखिए पनि दोस्रो दिन देखि कडा रुपमा उत्रने प्रमुख सिलवालको भनाई रहेको छ ।अत्यावश्यक पर्नेहरुले प्रशासनबाट पास लिन सक्ने समेत प्रहरी प्रमुख सिलवालले बताए ।