
काठमाडौं । इत्तिहाद एयरलाइन्सको जहाजबाट सोमबार युएईमा मृत्यु भएका एक नेपाली कामदारको शव नेपाल ल्याइएको छ ।
त फागुन १० गते मृत्यु भएका सिरहाका विवेक थापाको शव नेपाल ल्याइएको हो ।
मृतकको शव एयरपोर्टबाट सिधै पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिएको बताइएको छ ।
एयरपोर्टबाट पशुपतिसम्म शव लैजानका लागि यातायातको सहयोग माग भएपछि वैदेशिक रोजगार बोर्डले शव बहान सेवा उपलब्ध गराएको थियो । वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले पीडित परिवारबाट अनुरोध आएअनुसार एयरपोर्टबाट पशुपतिसम्म लैजान बोर्डले शवबहानको व्यवस्था गरिदिएको बताए ।
यसैबीच सोही जहाजमा दुई नेपाली पनि आएका छन् । ती नेपालीलाई भने कोरोना भाइरस हुनसक्ने भन्दै एयरपोर्टबाट सिधै क्वारेन्टाइनमा पठाइएको बताइएको छ ।