
काठमाडौं। कोरोना भाइरसको त्रास फैलिरहेका बेला चिनले आफू सहयोग गर्न तयार रहेको जनाएको छ।
नेपालका लागि चिनियाँ राजदुत राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताएकी हुन्।
सरकारले नेपाललाई एक साताका लागि लकडाउनमा लाने कदम चालेलगत्तै चीनको यस्तो भनाइ आएको हो। ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौ’, उनले भनेकी छन्, ‘हामी नेपालका साथीहरुलाई सहयोग पुर्याउन तत्पर छौं।
चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं।’ ‘तपाईंहरु कहिल्यै एक्लो पर्नु हुने छैन, हामी साथमा छौ’, उनले भनेकी छन्।
We are praying for Nepal and trying our best to coordinate some medical materials to help our Nepali friends. You will never be alone!????
हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ ! pic.twitter.com/cKwTVNBgrt— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 23, 2020