
भ्रम र हल्ला : सरकारले कोरोना संक्रमितको संख्या लुकाइराखेको छ ।
सत्य : सरकारले लुकाएको छैन र चाहेमा पनि लुकाउँन सक्दैन किनभने हाम्रो परिक्षण गर्ने ठाउँमा विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधीहरु बसेका हुन्छन् । उनीहरुको प्रत्यक्ष निगरानीमा परिक्षण गरिन्छ ।
भ्रम र हल्ला : सरकारले सञ्चार माध्यमलाई पनि नियन्त्रणमा राखेको छ । त्यसैले उनीहरु वास्तविक तथ्यांक तथा समाचार प्रकाशित गर्न सक्दैनन् ।
सत्य : समाचार तथा तथ्यांक प्रकाशित गर्न सञ्चार माध्यम स्वतन्त्र छन् । सरकारले कोरोना सम्बन्धित कुराहरुमा रोक लगाउँन सक्दैन ।
भ्रम र हल्ला : कोरोनाका कारण मरेका धेरै लाशहरु गुपचुप अस्पतालबाट निकालेर जलाइसकियो ।
सत्य : सबै अस्पतालले यो हल्ला मात्रै भएको र सत्य नभएको बताइसकेका छन् । अस्पतालमा यसै पनि विभिन्न कारणले मानिसहरुको मृत्यु हुन्छ र लाश बाहिर निकाल्न पर्छ । त्यसलाई देखाएर हल्ला फैलाइरहेको देखिन्छ । र अर्को कुरा, सामाजिक सञ्जाल फेसबुक र युट्युबहरुको बिगबिगीमा यस्तो कुरा सायदै लुक्छ । परिवार वा छरछिमेक कसैले पनि समाचार वा फोटो फेसबुकमा हाल्ने थियो । लाशसँग सेल्फी लिने वा लाशको पनि रिटेक गरि गरि फोटो खिच्ने समाज हो हाम्रो ।
भ्रम र हल्ला : धेरै कोरोनाका रोगी भएकाले सरकारले हिडडुल र सबै अफिसहरु बन्द गरेको हो ।
सत्य : संक्रमण भइहालेमा त्यसलाई फैलनबाट रोक्नका लागि यसो गरिएको हो ।