
काठमाडौं, ०९ चैत ।
बहराइनमा तीन नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी अन्य तीन जनालाई पनि कोरोना आशंकामा क्वारेन्टाइनमा राखिएको बहराइनस्थित नेपाली दुतावासले जनाएको छ ।
संक्रमण आशंकामा परीक्षण गरिएका तीनजनाको शनिबार पोजेटिभ रिपोर्ट आएको दुतावासले जनाएको छ ।
कोरोना भाइरस पोजेटिभ देखिएका उनीहरुको नाम गोप्य राखेर बहराइन सरकारले उपचार गरिरहेको बताइएको छ । अन्य तीनजना पनि कोरोना आशंकामा क्वारेन्टाइनमै रहेका छन् ।
उनीहरु रहने घरमा इटालीबाट फर्किएका एकजनामा सबैभन्दा पहिले कोरोना भाइरसको संक्रमण फेला परेको थियो ।
त्यसपछि सो घरमा बस्ने बैलाई बहराइन सरकारले क्वारेन्टाएइनमा राखेको बताइएको छ । क्वोन्टाइनमा राखिएका नेपालीहरुमा दुई पुरुष र एक महिला रहेका छन् ।