
आजको विश्वमा सबै मानिसहरू सफलता चाहन्छन् । यस संसारमा, सबै चीज ऊर्जा सँगै सञ्चालित हुन्छन् ।
हाम्रो वरपर भएको वातावरणले सकारात्मक ऊर्जालाई कायम गर्न सहयोग गर्दछ । जब हामी कुनै पनि काममा सकारात्मक हुन्छौ तब हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौ । वास्तुशास्त्रले ऊर्जा नियन्त्रण गर्न र सकारात्मक ऊर्जा कायम राख्न धेरै उपायहरू छन् । वास्तुशास्त्रका अनुसार त्यहाँ केही सुझावहरू छन् जुन तपाईँले लगातार गरेर खुसी र समृद्धि प्राप्त गर्न सक्नुहुन्छ ।
रङ्ग जीवनमा सकारात्मक सञ्चारको प्रतीकको रूपमा लिइन्छ । रंगोली तिहार र शुभ अवसरहरूमा घरको ढोकामा बनाइन्छ, त्यस्तै गरी, लक्ष्मीको आशीर्वाद लिन घरको ढोकामा हरेक दिन रंगोली बनाउन नबिर्सनुहोस् । के तपाईँ धूप बाल्नुहुन्छ रु घरमा कपूर धूप बालेर धुवाँ घरभरि फैलाउनुपर्छ । हरेक कोठा र प्रत्येक कुनामा गन्धको धुवाँ पुर्याउने प्रयास गर्नुहोस् । यस कारणले गर्दा, सकारात्मक ऊर्जा घरमा रहन्छ ।
यो कुरा अनौठो लाग्न सक्छ, तर वास्तुशास्त्रमा, दाहिने खुट्टा सकारात्मक ऊर्जासँग सम्बन्धित छ । यस अवस्थामा जहाँसुकै तपाईँ घर वा अफिस जानुहुन्छ । तब पहिले तपाईँको दाहिने खुट्टाको पाइला हुनुपर्छ । पोछा लगाउँदा फोहोर पानी प्रयोग गर्नुहुँदैन ।
यो दिमागमा राख्नुपर्दछ कि यो फोहोर पानी घर वा बाथरुममा कहिले पनि राख्नु हुँदैन । घर सफा गरेपछि त्यस्ता पानीलाई घरबाट बाहिर फालिदिनु पर्छ । फेरि त्यो पानी नल्याउन कोसिस गर्नुहोस् ।
भोकालाई रोटी दिनु नै सब भन्दा ठुलो पुण्य मानिन्छ । यस तरीकाले जनावरलाई रोटी दिँदा घरमा सकारात्मक भावना उत्पन्न हुन्छ । घरको छानामा पानी चराहरूको लागि राख्नुहोस् र घर बाहिरका जनावरहरूको लागि पनि पानी राख्नुहोस् ।
वास्तुशास्त्रमा आधारित यो लेख पाठकहरूको चासो अनुरूप लेखिएको हो । हामी यस परिणामको सत्यता पुष्टि गर्दैनौँ ।