
चन्द्रागिरि नगरपालिकाको थानकोट बसपार्क, सरस्वती मन्दिरबाट २०० मिटर पर एक महिला मृत भेटिएकी छिन्।
अन्दाजी ४४/४५ वर्ष उमेरकी महिला मृत फेला परेकी हुन्।
उनको हुलिया र नाम भने खुलिनसकेको थानकोट प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोट, जगतटारमा सडकको किनारामा उनी मृत भेटिएको पुष्टि गरे।
डिएसपी श्रेष्ठका अनुसार मृतको शवको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ।
महानगरीय प्रहरी वृत्त थानकोटले मृतकबारे थप अनुसन्धान भइरहेको जनाएको छ।