
चीनको सिचुआन प्रान्तमा रहेको एक जंगलमा डढेलो लाग्दा आठजना अग्निनियन्त्रक र तिनका पथप्रदर्शकको मृत्यु भएको सिन्ह्वा समाचार संस्थाले खबर दिएको छ ।
हावाले अचानक दिशा परिवर्तन गरेपछि उक्त समूह मंगलवार बिहान जंगलमा फसेको बताइएको छ ।
लियांगशान प्रिफेक्चरमा लागेको डढेलो एक हजार हेक्टरसम्म फैलिएको छ ।
उक्त क्षेत्रमा दुई हजारभन्दा बढी अग्निनियन्त्रक र उद्धारकर्मीहरूलाई पठाइएको छ र १२ सयजनालाई त्यहाँबाट हटाइएको छ ।
आगो एउटा स्थानीय फार्ममा सोमवार शुरू भएको थियो । चर्को हावा चलेकाले आगो नजिकैका पहाडहरूमा चाँडो फैलियो ।
२२ जना अग्निनियन्त्रकको समूह र उनीहरूका पथप्रदर्शक हराएका थिए । बाँचेका तीनजनालाई अस्पताल लगिएको छ ।
पोहोर साल पनि लियांगशानमा डढेलो लाग्दा ३० जना अग्निनियन्त्रकको मृत्यु भएको थियो ।