कोरोना भाइरस फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका कारण जनकपुरबासीले आँगनमै चैती छठ मनाएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले सूचना जारी गरेर सार्वजनिक स्थान तथा पोखरीमा चैती छठ नमनाउन आग्रह गरेकाे थियो। सोही कारण जनकपुरबासीले आ-आफ्नो घरको आँगनमै छठ मनाउन लागेका हुन्। आज साँझ ब्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिएका छन्।
लकडाउनका कारण आँगनमै छठ मनाउनुपरेको जनकपुरधाम उपमहानगर-१३ का राकेश साहले बताए। उनले भने, ‘आँगनमै पूजाका सारा समान राखें। श्रीमतीले कल (पाइप)मै स्नान गरी अस्ताउँदो सूर्य भगवानको अर्घ्य दिएकी छन्।’ भोलि बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ विधिवत समापन हुने उनको भनाइ छ।
यस्तै केही ब्रतालुले जनकपुरको सार्वजनिक पोखरीमासमेत छठपूजा गरेका छन्। बढी भीडभाड नगरी पाेखरीमा छठ पूजा गरेका हुन्। भीडभाडबिना निश्चित दूरीमा छठ मनाउँदा प्रशासनलेसमेत राेकेन। लकडाउनकै कारण केही छठ पर्व नै नमनाएकाे स्थानीबासीले बताएका छन्।