
बलिउड सुपरस्टार सलमान खानको फुपुको छोरा अब्दुल्ला मिर्जा खानको निधन भएको छ । सलमानले सोसल मिडिया पोष्टमार्फत् यसबारे जानकारी दिएका हुन् ।
सलमानले आफ्नो र अब्दुल्लाको एउटा श्यामश्वेत तस्बिर सेयर गर्दै लेखेका छन्, ‘तिमीलाई सधैं प्रेम गरिरहन्छौं ।’ अब्दुल्ला सलमानको बिइङ्ग स्ट्रङ्ग अभियानका लागि हिस्सा थिए ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार अब्दुल्लाको पछिल्लो केही समयदेखि स्वास्थ्य खराब थिएन । उनको कलेजोमा समस्या थियो । उनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । सलमान पनि उनको अवस्था हेर्न अस्पताल पुगेका थिए ।
Will always love you… pic.twitter.com/bz0tBbe4Ny
— Salman Khan (@BeingSalmanKhan) March 30, 2020
यी सेलिब्रिटीले जताए अब्दुल्लाको निधनमा दुःख
सलमानबाहेक नायिका डेजी शाह र जरिन खानले अब्दुल्लाको निधनमा दुःख व्यक्त गरेका छन् र सोसल मिडियामा यसबारे पोष्ट गरेका छन् ।
https://www.instagram.com/p/B-XnZAkp50C/?utm_source=ig_embed
डेजीले अब्दुल्लाको तस्बिर सेयर गर्दै लेखिन्, ‘मेरो सबैभन्दा मिल्ने साथी, तिमीलाई सधैं प्रेम गर्नेछु ।’
यस्तै जरिन खानले पनि उर्दूमा पनि एक पोस्ट गरेकी छिन् । यस्तै, नायक राहुल देवले पनि ट्वीटरमा सलमानको पोस्टमा कमेन्ट गर्दै अब्दुल्लाको निधनमा दुःख जताए ।