
कारोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण र नागरिकहरूको उपचारमा अझ बढी गम्भीर भएर नागरिकको खटिनुपर्ने वेला डडेलधुरा जिल्ला अस्पतालमा कार्यरत दुई चिकित्सकले भने राजीनामा दिएका छन् ।
दुई साताअघि मात्र करार सेवामा अस्पतालमा काम थालेका संखुवासभा घर भएका डा। निमेष विश्वकर्मा र ललितपुर घर भएका डा। सरोज घिमिरेले राजीनामा दिएका हुन् ।
ती चिकित्सकले पारिवारिक कारण देखाउँदै काम छाडेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। जगदीशचन्द्र विष्टले जानकारी दिए ।
९ चैतदेखि लागू हुने गरी राजीनामा दिएका उनीहरू डेढ साता पहिले मात्र काठमाडौंबाट डडेलधुरा आएर जिल्ला अस्पतालमा सेवा थालेका थिए ।
छिमेकी भारतमा समेत कोरोना संक्रमण फैलिन थालेपछि डडेलधुरालगायत सुदूरपश्चिम क्षेत्रका हजारौँ नेपाली स्वदेश फर्केका छन्, जसले गर्दा यहाँ पनि कोरोना संक्रमण फैलने जोखिम छ ।
कोरोना भाइरसको संकटका वेला अझ जिम्मेवार र सक्रिय भएर सेवा दिनुपर्ने वेलामा राजीनामा दिएर गैरजिम्मेवार बनेको भन्दै अस्पतालको नेतृत्व उनीहरूसँग असन्तुष्ट छ ।