
नेपाली सेनाले सम्पूर्ण समुदायलाई घरमा बसेर सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का बेला भिडियो सन्देश बनाउँदै यस्तो आग्रह गरेको हो ।
नेपाली सेनाले तयार पारेको सूचना मुलक भिडियो सन्देशमा भनिएको छ , ‘ विश्व नै यतिबेला युद्धमा हुम्मिएको छ । हामि मानव र प्रकृतिबीचको युद्ध लडिरहेका छौं । यस्तो संकटको बेलामा डर हैन शाहसको आवश्यक्ता छ । पलाएन हैन सामनाको आवश्यता छ ।’
सम्पूर्णलाई धैर्य रहन आग्रह गर्दै सन्देशमा भनिएको छ, ‘यस्तो संकटको बेलामा हडबडाहट हैन धैर्यताको आवश्यकता छ । स्वार्थी भावना हैन सबैको साथको आवश्यकता छ ।’
‘यो युद्ध हामि सबै मिलेर जित्नु पर्छ ।’ अगाडि भनिएको छ, ‘सबैले आ–आफ्नो ठाउँ, तह र तप्काबाट हड्नु पर्छ । तपाँई घरमा बसेर रकारलाई सहयोग गर्नुहोस् हामि बाहिर बसेर गछौं ।