
काठमाडौं । हालसम्म काेराेना संक्रमित सबैजनाको परिवारमा र आफन्तमा गरिएको टेष्ट सबै नेगेटिभ देखिएको छ ।
कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा हालसम्म संक्रमित सबैजनाको परिवार र आफन्तमा गरिएको टेष्ट सबै नेगेटिभ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् ।
यद्यपी अझै उनीहरुसँग यात्रा गर्न सबैको डाटाहरु खोजिरहेको उनले जानकारी दिए ।
हाल सम्म ९ सय ९३ जनाको कोरोना परीक्षण भएको छ जसमा ५ जनामा पोजेटिभ देखिएको छ भन्दा एक जना निको भएर घर फर्किसकेका छन् ।