
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका सैनामैना नगरपालिका– ४ का बाबुराम थापाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।
दोहोर्याएर परीक्षण गर्दा पनि उनमा कोरोना संक्रमण नपाइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले लोकान्तरलाई जानकारी दिए ।
थापाको आइतवार बिहान उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो । उनको स्वाब आइतवार नै काठमाडौं पठाइएको थियो ।
कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने आशंकामा उनको गाउँसहित बुटवलका बासिन्दाहरू पनि त्रसित बनेका थिए ।