
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई लेखेको पत्रमा अँग्रेजी गल्ती भेटिएपछि विवादमा परेको छ । कूटनीतिक सम्बन्धमा विवादमा परिरहने प्रचण्ड मुलुकको दुई पटक प्रधानमन्त्री भइसकेका राजनीतिज्ञ हुन् ।
तर, बाह्य मुलुकमा भएका घटनाबारे विज्ञप्ति जारी गर्दा होस् वा चिनियाँ राष्ट्रपति सीलाई लेखेको पत्रमा अँग्रेजी भाषा गल्ती भएपछि किन नहोस्, उनी विवादमा परिरहेका छन् । एक वर्ष अघि भेनेजुएलाको राजनीतिक विषयमा विज्ञप्ति जारी गर्दा विवादमा परेका उनी अहिले अँग्रेजी भाषामा भएको गल्ती कारण विवादमा परेका हुन् ।
पार्टीको अध्यक्षका हैसियतमा चीनका कार्यकारी प्रमुखलाई पत्र लेखेको भन्दै कूटनीतिक शिष्टाचारको पनि ख्याल नगरेको प्रचण्डमाथि आरोप लागेको छ । सामान्यतः कूटनीतिको शिष्टाचारमा राष्ट्रपतिलाई देशका तर्फबाट पत्र लेख्ने हैसियत र अधिकार राष्ट्रपतिमा रहन्छ । तर प्रचण्डले पत्रलाई अनधिकृत भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
सोही पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहँदा प्रचण्डमाथि आलोचना पनि उत्तिकै भइरहेको छ । आइतबार प्रचण्डले चीनका राष्ट्रपति सीलाई एक पत्र लेख्दै कोरोना भाइरस नियन्त्रण गर्न सफल भएकामा बधाई दिँदै कोरोना भाइरसको उपचारमा नेपाललाई सघाउन पनि आग्रह गरेका थिए । तर, सो पत्रमा भएका कूटनीतिक र भाषागत कमजोरीलाई औल्याउँदै अहिले त्यो पत्र सामाजिक सञ्जालमा भाइरल बनेको हो ।