लकडाउनको कारण अलपत्र परेका बेलायती नागरिकलाई निशुल्क खाना र बासको व्यवस्था गरेको भन्दै नेपालका लागि बेलायती राजदुत निकोला पोलिट्टले खुसी व्यक्त गरेकी छिन् । उनले आफ्ना नागरिकलाई सहयोग गर्ने नेपालीहरुप्रति कृतज्ञता व्यक्त गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत नेपाली भाषामै उनले नेपाल र नेपाली संस्कृतिप्रति खुलेर पनि प्रशंसा गरेकी छिन् । निकोलाले नेपालीको दयालु र उदार चरित्रकै कारण विश्वभरका नेपाली नेपाल घुम्न आउने गरेको बताएकी छिन् ।
??मेरा नेपाली साथीहरु जसले गएका दिनहरूमा काठमाडौं बाहिर हुनु भएका बेलायती नागरिकहरुलाई निशुल्क खाना र बास दिनु भयो: तपाईंको दयालु र उदार चरित्रले गर्दा नै नेपाललाई विश्व भरी सबैले धेरै माया गर्छन् र नेपाल घुम्न आउँछन्। मलाई नेपाल मा तपाईहरुको सेवा गर्न पाएर धरै गर्व छ।@UKinNepal

— NicolaPollitt (@NicolaPollittUK) March 29, 2020
‘मेरा नेपाली साथीहरु जसले गएका दिनहरूमा काठमाडौं बाहिर हुनु भएका बेलायती नागरिकहरुलाई निशुल्क खाना र बास दिनु भयो’ राजदुत निकोला पोलिट्टले सामाजिक सञ्जाल ट्विटरमा भनेकी छिन्, ‘तपाईंको दयालु र उदार चरित्रले गर्दा नै नेपाललाई विश्व भरी सबैले धेरै माया गर्छन् र नेपाल घुम्न आउँछन्। मलाई नेपाल मा तपाईहरुको सेवा गर्न पाएर धरै गर्व छ।’
लकडाउनको कारण अलपत्र परेका विदेशी पर्यटकलाई पोखराका पर्यटन व्यवसायीहरुले खाना र बासको निशुल्क व्यवस्था गरेका थिए । साथै पर्यटन व्यवसायीको समन्वयमा काठमाडौंसम्म ल्याउने पनि व्यवस्था गरेका थिए ।