
धनकुटा – जिल्ला अस्पताल धनकुटामा पोर्चुगलबाट फर्किएर आएका बिरामीलाई आइसोलोसनमा राखिएको छ।
दुई साताअघि नेपाल आएका धनकुटा–८ का ती युवामा उच्च ज्वरो र रुघाखोकी लगायतका लक्षण देखिएपछि सोमबारदेखि आइसोलेसनुमा राखिएको हो।
चिकित्सकको प्रत्यक्ष निगरानीमा प्रारम्भिक उपचार भइरहेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले जानकारी दिएका छन्। बिरामीको स्वाब परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाउने तयारी भइरहेको छ।
बिरामीका परिवारका अन्य सदस्यसमेत बिरामी परेकाले जिल्लामा तयार गरिएको क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।