काठमाडौं– सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामग्री बोकेर सुदूरपश्चिम प्रदेश गएको नेपाली सेनाको स्काइ ट्रक बीच बाटो बाटै फर्किएको छ ।
सरकारले चीनबाट ल्याएका व्यक्तिगत सुरक्षा सामग्री पीपीई, मास्क, सेनिटाइजर लगायतका सामग्री बोकेर सेनाको ट्रक सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुदूरपश्चिमका लागि उडेको थियो ।
तर, विमानमा लोड गरिएका सामानबाट एक प्रकारको गन्ध राग आएको र उक्त रागका कारण चालक दलका सदस्यहरुले अप्ठेरो महसु गरेसपछि सेनाको स्काई ट्रक सामान नपुर्याइ बीच बाटोबाटै काठमाडौं फर्किएको हो ।
नेपाली सेनाका एक उच्च अधिकारीले सुदूरपश्चिममा सामान पुर्याउन गएको स्काइ ट्रक फिर्ता भएको पुष्टि गरेका छन् ।