
बेलायत । घरमै आइसोलसनमा बसेर काम गर्दै आएका एक नेपालीको लण्डनमा मृत्यु भएको छ।
लामो समयदेखि लण्डनमा बस्दै आएका ६३ वर्षीय इन्जिनियर केदार पन्तको शनिवार निधन भएको हो।
ग्रीनफोर्ड लण्डनस्थित निवासमै शनिबार अस्वस्थ महसुस गरेपछि एम्बुलेन्स बोलाएर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
कोरोनाको आशंकामा पन्त विगत १० दिनदेखि घरमै आइसोलेसनमा बसेर काम गर्दै आएका थिए।
नेपालको लम्जुङ्ग घर भएका पन्त गैरआवासीय नेपाली संघ (एनआरएएनए) युकेको सल्लाहकार थिए। निधन हृदयघातका कारण भयो या कोरोनाबाट भन्ने कुराको रिपोर्ट आउँन बाँकी छ।