
कोरोना संक्रमित चारै जनाको स्वास्थ्य सामान्य- स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरस संक्रमित चारै जनाको अवस्था सामान्य रहेको जानकारी दिएकाे छ ।
कोभिड १९ सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाईरस संक्रमित चारै जनाको अवस्था सामान्य रहेको जानकारी दिएका हुन् ।
हालसम्म ९ सय १७ जनाको परिक्षण भएको छ जसमा ९ सय १२ जना नेगेटिभ देखिएको छ भन्दा ५ जनामा पोजेटिभ देखिएको छ । यसमा एक जना भने निको भएर घर फर्किसकेका छन् ।