
सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध दुई साता थप्ने भएको छ।
आइतबार दिउँसो बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले वैशाख ३ सम्म उडानमा प्रतिबन्ध लगाउन मन्त्रिपरिषद्लाई सुझाव दिने निष्कर्ष निकालेको हो।
यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।
उडान प्रतिबन्ध थपको निर्णय भने केहीबेरमा बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ।