
काठमाडौं । कोरोना रोकथाम उच्च्स्तरीय समितिले जारी लकडानको समय थप्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ।
आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे निर्णय लिनेछ ।