
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट इटालीमा गत २४ घण्टाभित्र ८८९ को ज्यान गएको छ। यससँगै इटालीमा ज्यान गुमाउने संख्या १० हजार २३ पुगेको छ।
यस्तै ९२ हजार ४७२ मा भाइरस संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये १२ हजार ३८४ निको भएका छन्।
यसैगरी तीव्र गतिमा फैलिरहेको स्पेनमा ५ हजार ९८२ ले ज्यान गुमाइसकेका छन्। गत २४ घण्टाभित्र थप ७ हजार ५१६ मा संक्रमण पुष्टि भएको छ। यससँगै स्पनेमा ७३ हजार २३५ संक्रमित भइसकेका छन्।
संयुक्त राज्य अमेरिकामा २ हजार १४७ को ज्यान गएको छ। सबभन्दा बढी संक्रमण रहेको अमेरिकामा १ लाख २२ हजार ६६६ संक्रमण पुष्टि भइसकेको छ।
चीनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको भाइरस संक्रमणका कारण विश्वभर ३० हजार बढीले ज्यान गुमाइसकेका छन्।
आइतबार बिहान ८ बजेसम्मको तथ्यांकअनुसार ६ लाख ६३ हजार ७ सय ४० जनामा भाइरस पुष्टि भइसकेको छ। जसमध्ये ३० हजार ८ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख ४२ हजार १ सय ८३ जना निको भएका घर फर्केका छन् ।
नाेट : सच्याईएकाे बारे ।
यसअगाडी राखिएको तालिकामा दाेस्राे नम्बरमा रहेकाे ईटालीमा मृतककाे संख्या १० हजार २३ हुनुपर्नेमा १ हजार २३ भएकाले त्यसलाई सच्चाएर नयाँ तालिका अपलोड गरिएको छ ।