
कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको ‘लकडाउन’को उल्लघंन गर्ने ५५ महिला र १५५ जना पुरुषलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले आइतबार एकाबिहानै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले हिजो दिनभर उपत्यकामा ‘लकडाउन’ उल्लघंन गर्ने करिब ५ सय जनालाई नियन्त्रणमा लिएको थियो।
यसैगरी महानगरीय प्रहरी कार्यलय, रानीपोखरी(मेट्रो) प्रहरी प्रमुख डिआईजी विश्वराज पोखरेलले आजबाट ‘लकडाउन’को उल्लघंन गर्नेलाई नियन्त्रणमा लिन नयाँ तरिका अपनाउने बताएका छन्।
डिआईजी पोखरेलले अब ‘लकडाउन’ उल्घंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर राख्ने बताए।
उनले यसक्रममा नियन्त्रणमा परेकालाई उचित दुरी मिलाएर दुई घण्टा राखेर उचित ब्रिफिङ् गरेर छाड्ने जानकारी दिए।
यसैगरी प्रहरीले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन नागरिकसमक्ष आग्रह गरेको छ।