
केटीएम दैनिक । १५ चैत काठमाडौं :
कोरोना भाइरस बाट कतारमा पहिलो बिरामीको मृत्यु भएको छ ।
५७ वर्षीय एक बंगलादेशी नागरिकको मृत्यु भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज थप २८ जनामा भाइरस देखिएको छ ।
यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५ सय ९० पुगेको छ । त्यस्तै हालसम्म ४५ जना निको भएर घर फर्किएका छन् भने जम्मा १६ हजार ५ सय ८२ जनाको जाँच भएको छ ।