
विराटनगर : नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई आज क्वारेन्टाइनमा पठाइएको छ ।
उनीहरु दुबईबाट दिल्ली हुँदै चैत ७ गते नेपाल आएका थिए । उनलाई परिवारका ३ सदस्यसहित विराटनगर १९ वैजनाथपुरस्थित स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको महानगरका फोकल पर्सन डा. साहिल थपलियाले जानकारी दिए ।
उक्त युवा संगै उनकी श्रीमती र छोरीलाइ क्वारेन्टाइनमा राखिएको हो ।ऊनीहरुलाई कोरोनाको कुनै लक्षण भने देखिएको छैन ।
चौथो संक्रमितसँगै १९३ जनाले गरेका थिए हवाई यात्रा : प्रहरीले प्राप्त गर्याे विवरण, खाेजी जारी
कोरोना संक्रमित धनगढीका युवाको सम्पर्कमा आएका ९ जना पनि क्वारेन्टाइनमा
धनगढीका कोरोना संक्रमित युबा भन्छन्, -म सञ्चो हुनेमा ढुक्क छु निको भएर फर्किन्छु
नेपालका चौथो कोरोना संक्रमित युवा भन्छन-अहिलेसम्म न औषधि दिएका छन्, शवदाह छेउमै एक्लै राखिएको छ