
नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच पुगेको छ। शनिबार पनि थप एक जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या बढेको छ।
नेपालमा अहिलेसम्म भेटिएका सबै संक्रमित विदेशबाट आएका हुन्।
शनिबार संक्रमण पुष्टि भएकी पाँचौ संक्रमित र सोमबार संक्रमण देखिएकी दोस्रो संक्रमित एउटै जहाजमा दोहाबाट काठमाडौं आएको खुलेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नयाँ संक्रमित बेल्जियम हुँदै मार्च १७(चैत ४ गते) दोहाबाट कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएकी हुन्।
दोस्रो संक्रमित युवती पनि फ्रान्सबाट दोहाबाट सोही उडानमा काठमाडौं आएकी थिइन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटा लाईभमार्फत जानकारी दिदै हेर्नुहाेस भिडियाे