
एजेन्सी – विश्व कोरोना महामारीसँग लडिरहेको छ। विभिन्न देशहरु लकडाउन छन्। मानिसहरु घरबाहिर निस्केका छैनन्। सरकारले पनि घरभित्रै बस्न आग्रह गरिरहेका छ। तर श्वि यस्तो आक्रान्त भैरहेको अवस्थामा पनि आतंककारी हमला भैरहेका छन्।
अफतानिस्तानको राजधानी काबुलको एउटा गुरुद्वारामा यस्तै हमला भयो। त्यहाँ २४ घण्टामै बारबार हमला भए। अघिल्ले दिन मारिएका सिख समूदायको अन्तिम संस्कारमा फेरि हमला भयो। उक्त हमलामा एक बालिका पनि घाइते भइन्।
यस्तै काबुलमा भएको हमलामा ८ महिलासहित २७ जनाले ज्यान गुमाए। अन्तिम संस्कारमा एउटा कारुणिक दृृष्य देखियो। अन्तिम संस्कारको क्रममा एक बेगुनाह बालिका आमाको शव हेरेर अथाहट चिच्याइन्।
ति बालिकाले भन्दै थिइन् मेरी आकाले के गल्ती गरिन्। उनी चिच्याएर भन्दै थिइनु ‘आमा तपाई किन बोल्नुहुन्न?’ जुन अन्तिम संस्कारमा सहभागी धेरैको आँखामा आँशू आयो।