
काठमाडाै । सरकारले लकडाउनको समयावधि बढाउने तयारी गरेको बुझिएकाे छ ।
एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाएर २१ दिन पुराउन लागिएको बताइएकाे छ ।
सरकारले अहिलेकै अवस्थामा लकडाउन खोल्ने अवस्था नरहेकाले थप कडाइ गर्ने तयारी गरेको हाे ।
सरकारले चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो ।
भारतले कोरोना संक्रमण फैलन नदिन बुधबारबाटै लागू हुने गरी २१ दिनका लागि लकडाउन गरिसकेको छ ।