
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन एल आकारमा बसेर कुराकानी गर्न स्वास्थ्य जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार कोरोना भाइरसका विषयमा गरेको भिडियो कन्फेरन्समार्फत साथीभाइ तथा आफन्तसँग बसेर कुराकानी गर्दा एल आकारमा बस्दा संक्रमण फैलिन सम्भावना कम हुने बताइएको हो ।
कोरोना भाइरस थुकको माध्यमबाट छिटो सर्ने भएको एल आकारमा बस्दा छिटा नपर्ने भन्दै यसो गर्न सुझाव दिएको हो । रुघाखोकी लागेको छ भने मास्क प्रयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । त्यसैगरी, लकडाउनको समयमा बेलुका निस्केर गफगाफ नगर्न, पसलमा सामान किन्दा एकपटक नजान र सकेसम्म एक मिटर परबाट खरिद गर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।